नियम ५६
मिसिल वा कागजपत्र हेर्न दिने
(१) मुद्दाको पक्ष, वारेस वा कानून व्यवसायीले
मुद्दासँग सम्बन्धित मिसिल कागजपत्र हेर्न निवेदन दिएमा न्यायाधिकरणले हेर्ने
अनुमति दिनु पर्नेछ ।
(२) न्यायाधिकरणमा रहेको मिसिल कागजपत्रहरु वा अरु किसिमले अन्य
अड्डा अदालतबाट आएको मिसिल कागजातहरु हेर्न देहाय बमोजिमको दस्तुर
लाग्नेछ ः-
(क) पक्ष वा निजको वारिसले दिएको निवेदनपत्रमा दश रुपैयाँ,
(ख) मुद्दाका सरोकारवाला पक्ष बाहेक अरुले दिएको निवेदनपत्रमा बीस
रुपैयाँ,
(ग) पक्ष वा निजको वारिसले तत्काल हेर्नको लागि निवेदनपत्र दिएमा
दश रुपैयाँ,
(घ) मुद्दाको सरोकारवाला पक्ष बाहेक अरुले तत्काल हेर्नको लागि
निवेदनपत्र दिएमा पचास रुपैया“ ।